फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै

नौलो समाचार संवाददाता
२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ८१७ पटक पढिएको
फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै

असोज ८, काभ्रे। फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै हुने भएको छ।

पनौती क्षेत्रको पहिलो र अत्याधुनिक मेसिनसहितको फ्लेक्स छपाई गर्ने ‘स्नेहा फ्लेक्स’ को आज उद्घाटन गरिएको हो।

बनेपापछिको पनौती भेगलगायत आसपासका क्षेत्रका सेवाग्राहीले व्यक्तिगत फोटो फ्लेक्स, विभिन्न संघ-संस्था, विद्यालय तथा विभिन्न व्यवशाय गर्ने व्यक्तिहरुले फ्लेक्स प्रिन्ट गर्न अब बनेपा काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता हट्ने ‘स्नेहा फ्लेक्स’ का प्रोप्राईटर सगर दाहालले बताउनुभयो।

यहाँ बनेपाको भन्दा केहि छुटमा फ्लेक्स छपाईका साथै टिसर्ट छपाई, कप, सिरानी, स्टिकर प्रिन्ट गर्नुका साथै विभिन्न संघसंस्थाका छाप बनाउने तथा मायाँको चिनो पनि तयार पारिने दाहालले बताउनभयो।

आज ओपनिङ अफरमा २५ प्रतिशत दिएको र आजै करिव सय वटा जति विभिन्न अर्डर लिएको प्रोप्राईटर दाहालले बताउनुभयो।

६ फिट चौडाई र लम्बाई आफुले चाहे जतिको फ्लेक्स प्रिन्ट गर्न सहिने उहाँको भनाई छ।

बनेपाको भन्दा सस्तो र आफुले चाहेको बेलामा तुरुन्तै काम हुने भएकोले पनौतीमै काम गराउन पाउदा धेरै सजिलो भएको बाल आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक सुवास खड्काले बताउनुभयो।

फ्लेक्स छपाई मेसनको १२ लाख र अन्य टिसर्ट, कप, सिरानी छपाई लगायत अन्य उपकरण मेसिनसहित करिव २० लाखको हाराहारीमा लगानी परेको प्रोप्राईटर दाहालले बताउनुभयो।

पनौती बसपार्कबाट नमोबुद्धतर्फ जाने बाटोमा रहेको बैंक अफ काठमाडौंबाट सय मिटर भित्र ‘स्नेहा फ्लेक्स’ रहेको छ।

प्रतिक्रिया दिनुहोस