काभ्रेमा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा परियोजनाको समाजिक लेखा परिक्षण

नौलो समाचार संवाददाता
२०७९ आश्विन ११, मंगलबार मा प्रकाशित ५३८ पटक पढिएको

काभ्रेमा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा परियोजनाको समाजिक लेखा परिक्षण

असोज ११, काभ्रे। वान हार्ट वल्र्डवाईडद्वारा काभ्रे जिल्लामा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा सञ्जाल परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार धुलिखेलमा सम्पन्न भएको छ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा काभ्रेका ७ वटै गाउँपालिकाहरुलाई समेटेर कार्य गरेकोमा संस्थाको उच्च प्रशंसा गर्नुभयो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गैरसरकारी संस्थाहरु नेपाल सरकार भन्दा माथि नहुने भन्दै सरकारको नीति, नियम अनुसार चल्नुपर्ने धारणा राख्नुभयो। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम राज सेढाँइले स्वास्थ्य क्षेत्रमा योगदान गर्ने संघ संस्थाहरुले स्वास्थ्य कार्यालयको समन्वयमा काम गरेमा अझै राम्रो नतिजा निकाल्न सकिने तर्क गर्नुभयो।

सन् २०२० देखि मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा सञ्जाल परियोजना सञ्चालन गर्दै आएको वान हार्ट वल्र्डवाईडले ग्रामिण नेपालका मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्ने, स्वास्थ्य प्रवद्र्धन गर्ने, स्वास्थ्य सेवा प्रवाहमा वृद्धि गर्ने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने, स्वास्थ्य सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने, स्थानीय तहको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग गर्ने काम गरिरहेको संस्थाकी कार्यक्रम व्यवस्थापक विनिता विन्दुले जानकारी दिनुभयो।

२४ वटा जिल्लामा सञ्चालन भईरहेको परियोजना काभ्रे जिल्लाका चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकामा लागु रहेको छ भने सन् २०३० सम्ममा कर्णाली (सुर्खेत बाहेक) र मधेश प्रदेशका सबै जिल्लाहरुमा क्रमशः कार्यक्रम विस्तार गर्दै लैजाने संस्थाको योजना रहेको छ।

गर्भवती महिला, सुत्केरी महिला, नवजात शिशु, किशोर किशोरी, महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, स्थानीय तह स्वास्थ्य शाखाका पदाधीकारीहरुलाई लक्षित गर्दै कार्य गरिरहेको वान हार्ट वल्र्डवाईडले २७ वटा बर्थिङ सेन्टरलाई औजार उपकरण वितरण , ३ वटा बर्थिङ सेन्टर निर्माण गरेको छ भने २ वटाको निर्माण कार्य भईरहेको बताइएको छ।

कार्यक्रममा सहभागी रहेका स्वास्थ्य शाखा प्रमुखहरु, स्वास्थ्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवीकाहरुले कोभिड संक्रमणको समयमा संस्थाले पु¥याएको योगदानको प्रशंसा गरेका थिए भने अन्य समयमा गाउँमै राम्रो बर्थिङ सेन्टर स्थापना भए पश्चात मातृ एवं शिशु मृत्यु दरमा कमी आएको, नयाँ उपकरणमा गुणस्तरीय सेवा दिन सफल, संस्थागत प्रसुतिमा वृद्धि भएको बताए।

वर्षमा एक पटक सामाजिक परीक्षण हुनुपर्ने मान्यता बमोजिम भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमवहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला प्रहरी प्रमुख चक्रराज जोशी, संस्थाका सहजकर्ता निर्मल भण्डारी लगायत स्वास्थ्य सम्वन्धी सरोकारवाला हरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस