काभ्रेमा डेंगी संक्रमणको अवस्था जटिल हुन सक्ने, डेंगीलाई ज्वरो मात्र नबुझ्न स्वास्थ्य कार्यालय काभ्रेको आग्रह

नौलो समाचार संवाददाता
२०७९ आश्विन १३, बिहिबार मा प्रकाशित ५३५ पटक पढिएको

काभ्रेमा डेंगी संक्रमणको अवस्था जटिल हुन सक्ने, डेंगीलाई ज्वरो मात्र नबुझ्न स्वास्थ्य कार्यालय काभ्रेको आग्रह

असोज १३, काभ्रे। काभ्रेमा डेंगी संक्रमणको अवस्था जटिल हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज शेड़ाईले बताउनुभएको छ।

आज पनौतीमा डेंगी रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आफ्नो कार्यपत्र प्रस्तुत गर्दै प्रमुख डाक्टर शेड़ाईले उक्त कुरा बताउनु भएको हो।

विशेष गरी शहरी भेगमा डेंगीको संक्रमण दर उच्च रहेको बताउदै उहाँले दशैंमा घर फर्कनेमा यसको संक्रमण रहेको हुने र ती व्यक्तिलाई तोकेको लामखुट्टेले अन्यमा पनि डेंगी हुने बताउनुभयो। झरीबादलको मौसम अझै कायम रहेकोले गाउँ घरमा समेत यसको प्रकोप बढ्न सक्ने तर्फ सचेत रहन स्वस्थ्यकर्मीहरुलाई आग्रह गर्दै उहाले पानि जम्ने कुनै पनि समान, टायर, फालियाका फुटेका भाडाकुडा, सानातिना खाल्डा खुल्डीमा पानी जमेको ठाउँ यथाशिघ्र सुख्खा राख तथा पुरिदिन अनुरोध गर्नुभयो।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयको आयोजनमा पनौती नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो।

काभ्रेमा हालसम्म २ सय भन्दा माथि डेंगी बिरामी रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर शेड़ाईले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले डेंगी नियन्त्रणमा नगरपालिकाले कुनै पनि कसर बाकि नराख्ने बताउदै स्वास्थ्यकर्मी मात्र नभई समग्र नगरवासीहरु पनि सचेत हुनु जरुरी रहेको बताउनुभयो।

यस्तै, नगपालिकाका उप-प्रमुख गीता बन्जराले आफनी घरबाटै डेंगी भाइरस फैलाउने एडिज जातका लामखुट्टेको बृद्दी विकास हुने भएकोले आफ्ना घर, पसल, कारखाना, होटेलमा सानातिना भाडामा जमेर रहेका पानी हटाउने र सफा राख्नपर्ने बताउनुभयो।

पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले डेंगीलाई ज्वरो मात्र ठानेर सामन्य रुपमा नलिन आग्रह गर्दै यसलाई हेल्च्यक्र्याई गर्दा देह्रै मानिसको मृत्यु भएको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँले डेंगी टेस्ट गर्न किटको अभाव रहेको बताउदै यसतर्फ जिल्ला स्वस्थ्य तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।

यस्तै, कार्यक्रममा सुन्थान स्वस्थ्य केन्द्रका डाक्टर सम्झना नेपालीले पनि डेंगी सार्ने लामखुट्टे, लक्षण लगायतका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जिल्ला तथा नगर क्षेत्रका विभिन्न स्वास्थ्यकर्मी तथा डेंगीसंग सम्बन्धित स्वास्थ्यसंग सम्बन्धित व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस