पनौती रयाले ढाँडाचौरमा ‘Slow Bike Ride’ प्रतियोगिता, प्रथम हुनेलाई १० हजार नगद

नौलो समाचार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार मा प्रकाशित ५९३ पटक पढिएको
पनौती रयाले ढाँडाचौरमा ‘Slow Bike Ride’ प्रतियोगिता, प्रथम हुनेलाई १० हजार नगद

असोज १४, काभ्रे। पनौतीमा स्लो मोटरसाइकल राईड (Slow Bike Ride) प्रतियोगिता हुने भएको छ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यहि शनिबार १५ गते उक्त प्रतियोगिता गर्न लागिएको हो।

पनौती वडा नम्बर-१ रयाले ढाँडाचौरमा हुने कार्यकम लिलावती समाजकल्याण केन्द्रले आयोजना गरेको हो।

प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित स्पेसल फुल हेल्मेट, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। यस्तै, दोश्रो हुनेले ५ हजार, तेश्रो हुनेले ३ हजार नगद हेल्मेट, मेडल र प्रमाणपत्र प्राप्त गर्ने  आयोजकले जानकारी दिएको छ।

बडा दशैँको अवसरमा शुभकामना आदानप्रदान सहित कार्यकम प्रतियोगिता गर्न लागिएको लिलावती समाजकल्याण केन्द्रका अध्यक्ष सालिकराम सापकोटाले जानकारी दिनुभयो।

प्रतियोगिता सम्बन्धि सूचना:


प्रतिक्रिया दिनुहोस