‘स्लो बाइक राइड’ प्रतियोगितामा पनौतीका सन्तोष तिमल्सिना विजयी

नौलो समाचार संवाददाता
२०७९ आश्विन १५, शनिबार मा प्रकाशित १०४१ पटक पढिएको

‘स्लो बाइक राइड’ प्रतियोगितामा पनौतीका सन्तोष तिमल्सिना विजयी

असोज १५, काभ्रे। पनौतीमा भएको ‘स्लो बाइक राइड’ प्रतियोगितामा सन्तोष तिमल्सिना प्रथम हुनुभएको छ।

आज पनौती वडा नम्बर-१ पर्खाल चौर रयालेमा भएको प्रतियोगितामा सबै भन्दा ढिलो गतिमा मोटरसाइकल हिडाएर तिमल्सिना प्रथम हुनुभएको हो। ३० मिटरको दुरीमा सबैभन्दा ढिलो बाइक चलाएर प्रथम हुदै उहाँले १० हजार नगद, फुल हेल्मेट, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको छ।

३७ जना सहभागी प्रतियोगितामा दोश्रो हुदै विकल्प सापकोटाले ५ हजार नगद, फुल हेल्मेट, प्रमाणपत्र, मेडल र तेश्रो हुदै सनोज श्रेष्ठले ३ हजार नगद, हाफ हेल्मेट, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको थियो।

प्रतियोगितामा उत्कृष्ट हुने बाइक साइडरलाई पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पुरस्कार प्रदान गर्नुभएको थियो।

दुईपाङ्ग्रे सवारीमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न चेतना जगाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजक संस्था लिलावती समाज कल्याण केन्द्रका अध्यक्ष सालिकराम सापकोटाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस