राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ

नौलो समाचार संवाददाता
२०७९ आश्विन १७, सोमबार मा प्रकाशित ५९३ पटक पढिएको
राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ

असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ।

वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ एवम् दर्शन गर्नुभएको हो।

सो अवसरमा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, पाँचखाल नगरपालिकाका उप-प्रमुख सुर्यमाया दनुवार, सुरक्षाकर्मी तथा संचारकर्मीलगायतको उपस्थिति रहेको थियो।

नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरि छोरी उषा किरण सहित मन्दिर परिसरमा पुग्नुभएको हो। राष्ट्रपति भण्डारीलाई समितिका प्रतिनिधिहरुले मन्दिर पुनर्निर्माण र व्यवस्थापनका बारेमा जानकारी गराएका थिए।

करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठपुजा गर्नुका साथै मन्दिरको बस्तुअवस्था बारे जानकारी लिनुभएको थियो।

तस्विरहरु: देवराज केसी

प्रतिक्रिया दिनुहोस