असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ।
घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ।
देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाउने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस