सन्दीपले गरे प्रहरीसमक्ष आत्मसमर्पण, ठुलो संख्यामा पुगेको प्रहरीले हतकडी नलागईदीन गरेको आग्रह मानेन

नौलो समाचार संवाददाता
२०७९ आश्विन २०, बिहिबार मा प्रकाशित ४५३ पटक पढिएको
सन्दीपले गरे प्रहरीसमक्ष आत्मसमर्पण, ठुलो संख्यामा पुगेको प्रहरीले हतकडी नलागईदीन गरेको आग्रह मानेन

असोज २०, काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान नेपाल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनलाई हतकडी लगाएर प्रहरी वृत्त गौशाला लगिएको छ।

उनले यसअघि सामाजिक सञ्जलमार्फत आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए । उनलाई गौशाला लैजाँदै गर्दा हतकडी लगाइएको हातमा रुमालले छोपिएको थियो । उनको अघिपछि प्रहरी थिए ।

प्रहरी समक्ष आत्मसमर्पण गरेका सन्दीपलाइ पक्राउ गर्न प्रहरी ठुलो सङ्ख्यामा पुगेको थियो।

त्यसक्रममा शरीरमा ट्रयाकसुटसँगै सन्दीपले टाउकोमा क्याप पहिरिएका थिए। मुखमा कालो मास्क लगाएका थिए।

दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस