अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा आठ स्वर्णसहित काभ्रेको जनज्योती माबि प्रथम

नौलो समाचार संवाददाता
२०७९ कार्तिक ६, आईतबार मा प्रकाशित ५४२ पटक पढिएको

अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा आठ स्वर्णसहित काभ्रेको जनज्योती माबि प्रथम

कात्तिक ६, भक्तपुर। काभ्रेसहित १४ बिद्यालयका छात्र छात्राहरु सम्मिलित अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।

भक्तपुरको  विमल मेमोरियल विद्यापिठको आयोजना तथा ताईक्वान्दो आईटिएफ नेपालको संयोजनमा शनिबार कार्तिक ५ गते उक्त प्रतियोगीता भएको हो।

प्रतियोगीतामा काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न १४ बिद्यालयका छात्र छात्राहरु गरी कुल १९४ जना खेलाडीहरुले प्याटन र स्पाईरीङ्ग बिद्या तर्फ कुल ३२ स्वर्ण ३२ रजत र ६४ कास्य पदकको लागी प्रतिस्पर्धा गरेका थिए।

आयोजक बिद्यालय विमल मेमोरियल विद्यापिठको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगीतामा जनज्योती माध्यामिक बिद्यालय काभ्रेले आठ स्वर्ण दुई रजत र सात कास्य गरी टिम प्रथमको उपाधी जित्न सफल भएको छ।

यस्तै, भक्तपुरको इडेन गार्डेनले ६ स्वर्ण, ५ रजत र ११ कास्य पदक सहित द्धितिय हुन सफल भएको छ भने आयोजक विवल मेमोरीयल विद्याापीठले ६ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेर तृतीय हुन सफल भएको छ।

प्रतियोगीताको उत्कृष्ट छात्रमा जनज्योती स्कुलका अर्जुन तामाङ घोषित भएका छन् भने उत्कृष्ट छात्रा तर्फ विमल मेमोरीयल भक्तपुरकी प्रमिशा कार्कीले हात पारेकी छन्।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पुर्व आइ.जी.पी. ठाकुर प्रसाद ज्ञवाली, विशेष अतिथि आईटीएफ रोयल आरडि नेदरल्याडका अरि होगनदोरन भक्तपुर जिल्ला खेलकुदका पूर्व अध्यक्ष दिलिप खत्री, तेक्वान्दो आईटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत लगायतले पदक तथा प्रमाणपत्रले पुरस्कृत गरेका थिए।

उक्त कार्यक्रम आयोजक विमल मेमारेरियल स्कुलका प्रिन्सीपल श्री कुमार थापा मगरको सभापतित्वमा भएको थियो।


प्रतिक्रिया दिनुहोस