मेरो पनि ईमान छ

ध्रुबकृष्ण ताम्राकार
२०७९ कार्तिक १२, शनिबार मा प्रकाशित १३५ पटक पढिएको
मेरो पनि ईमान छ

लाग्छ धेरै थोरै
मैले पनि
यात्रा गरिरहेको छुं यहाँ
जीबनका ति
मोडहरुमा
कतै भीर
कतै पीरहरु
यतिकै
सम्हालिरहेको छुं
बश, आँखा
आफ्नै डोबहरुमा!

नदेखिएका होइन
खाल्डाखुल्डी
नलागिएका होइन
मन खुल्दुली
तैपनि हारसंगै त
रमाइरहेछु म
अझै जिउँदै चल्छन
आशाका चुल्बुलि

सस्तो सम्झिन्छ यहाँ
मेरा अस्तित्वहरु
त्यसैले किन्न खोज्छन
बजारमा बिक्ने
थोक बस्तुहरु झै
तर म बिक्दिन्नौ
बरु हार्छु अन्यत्रै
मेरो पनि ईमान छ,
झुक्दिन्न म कहिँले नि
नझुक्ने पहाड झैं

यहाँ गम्किने पनि छन
यहाँ बम्किने पनि छन
अरुलाई धार लगाएर
यहाँ चम्किने पनि छन
गफिन त सकिन म
नजानेको रंग त भरिएन
निर हैन हिर सम्झिनेले!
अरुको चमक देखिएन

आफ्नै प्रतिष्ठासंग
तौलिरहनेहरु
अरुलाई हल्का र
गौण देख्ने
बौद्धिक अंहमहरु
के सम्मान योग्य छन र?
अस्तित्वको आडम्बरी
ओढ्नेहरु
अरुको अस्तित्व
स्वीकार्न नसक्ने
कसरी पुजनिय हुन्छ र?
आज यहि सवालले
मेरो स्वाभिमान हजारौबार
उठिरहेको छ
भावना हो, मात्र उ कसरी श्रेष्ठ ?
भन्दै स्वयम आफैलाई
सोधिरहेछुं……। सोधिरहेछुं……।

  • ध्रुबकृष्ण ताम्राकार

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!