काभ्रे जिल्ला प्रशासनको सेवा मंसिर १ देखि ५ गतेसम्म बन्द

नौलो समाचार संवाददाता
२०७९ कार्तिक २९, मंगलबार मा प्रकाशित १०७१ पटक पढिएको
काभ्रे जिल्ला प्रशासनको सेवा मंसिर १ देखि ५ गतेसम्म बन्द

कात्तिक २९, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले मंसिर १ देखि ५ गतेसम्म आफ्नो नियमित सेवा स्थगन गरेको बताएको छ।

आज जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना प्रकाशित गर्दै उक्त कुराको जानकारी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै मंसिर १ देखि ५ गतेसम्म नियमित दिँदै आएको सेवाहरु स्थगन भएको बताउनुभएको हो।

मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारीहरु मतदान कार्यका लागि मतदान केन्द्रमा खटिएकाले सेवा स्थगन गरिएको हो।

मानवीय उद्धार तथा सहायता, अत्यावश्यक सिफारिस र अनुमतिपत्र बाहेकका अन्य सबै सेवाहरु स्थगन हुनेछ।

 


प्रतिक्रिया दिनुहोस