भारतबाट ल्याउँदै गरेकाे १५ हजार अवैध मतपत्रसहित १ जना पक्राउ

नौलो समाचार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित ३६० पटक पढिएको
भारतबाट ल्याउँदै गरेकाे १५ हजार अवैध मतपत्रसहित १ जना पक्राउ

कात्तिक ३०, काठमाडौं। भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन्।

भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ।

मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस