मंसिर १, काभ्रे। काभ्रे जिल्लाभर यहि मंसिर ३ गते रातिदेखि यातायात बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै मंसिर ३ गते राति १२ बजेदेखि अत्यावश्यक र प्रवेश पास लिएका बाहेक अन्य सम्पूर्ण यातायात पूर्ण रुपमा बन्द हुने जनाएको हो।
मंसिर ४ गते हुने आम निर्वाचनको शान्ति सुरक्षाको लागि यातायात पूर्ण रुपमा बन्द गरिएको हो।
मंसिर ४ गते निर्वाचन नसकिसम्म यातायात बन्द हुने छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेद्वरा जारी सूचना:
प्रतिक्रिया दिनुहोस