काभ्रेको पनौती र धुलिखेलमा रहेका मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा

नौलो समाचार संवाददाता
२०७९ मंसिर ३, शनिबार मा प्रकाशित १३६५ पटक पढिएको

काभ्रेको पनौती र धुलिखेलमा रहेका मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा
फाइल फोटो

मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ।

भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत गणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ।

पनौती नगरपालिकाको कार्यालय र धुलिखेलमा रहेको शिक्षा तालिम केन्द्रमा मत गणना हुनेछ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को पनौती नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमै मत गणना हुनेछ भने क्षेत्र नम्बर २ को धुलिखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा तालिम केन्द्रमा मत गणना गरिनेछ।

तारजालीभित्र मतगणनामा खटिएका कर्मचारी रहेर काम गर्नेछन् भने तारजाली बाहिर दलका उम्मेदवार र प्रतिनिधि बस्ने गरी ब्यवस्था मिलाइएको छ।

मतदान शान्तिपूर्ण रुपमै सकिए सबै क्षेत्रको मत पेटिका आइपुगेको अवस्थामा भोली रातीबाटै गणना गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस