बाजुराको मतदानमा गोली चल्दा एक जनाको मृत्यु, ३ घाइते

नौलो समाचार संवाददाता
२०७९ मंसिर ४, आईतबार मा प्रकाशित ३३६ पटक पढिएको
बाजुराको मतदानमा गोली चल्दा एक जनाको मृत्यु, ३  घाइते

मंसिर ४, बाजुरा। एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो। सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिका हवाई फायर गर्नुपरेको जानकारी दिए।

यसैबीच प्रहरीको गोली चल्दा एक जना युवाको ज्यान गएको प्रजिअ अधिकारीले पुष्टि गरे । उनका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका ३५ वर्षका सञ्जिव ऐरीको मृत्यु भएको छ।झडपमा घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पशुराम उपाध्याया, र खडक बहादुर एडी र प्रेम बहादुर थापा रहेका छन् । त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदानस्थमा स्थानीयले घेरा हालेका छन् । उनीहरूको विवरण भने खुल्न बाँकी रहेको प्रजिअ अधिकारीले जनाए । घाइतलाई उपचारका लागि सुर्खेतमा ल्याएको छ ।

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको बुझिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन गोली चलाएको प्रशासनले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस