काभ्रेका पनौती र धुलिखेलका गणनास्थलमा धमाधम मतपेटिका संकलन हुदै, आजै रातिबाट होला गणना ?

नौलो समाचार संवाददाता
२०७९ मंसिर ४, आईतबार मा प्रकाशित १२३९ पटक पढिएको
काभ्रेका पनौती र धुलिखेलका गणनास्थलमा धमाधम मतपेटिका संकलन हुदै, आजै रातिबाट होला गणना ?

मंसिर ४, काभ्रे। काभ्रेमा मतदान पछि मत पेटिका गणनास्थलमा आउने, दाखिला र रुजु गर्ने काम भइरहेको छ।

काभ्रेमा ६१ प्रतिशत भन्दा बढी मत खसेको छ। अहिले धमाधममा मत पेटिका गणनास्थलमा ल्याउने क्रम जारी छ।

निर्वाचन क्षेत्र नम्बर १ को मत गणनास्थल पनौती नगरपालिकाको सभा हलमा र निर्वाचन क्षेत्र नम्बर २ को मत गणनास्थल शिक्षा तालिम केन्द्रमा मत पेटिका संकलन भैरहेका छन्।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को गणना हुने पनौती नगरपालिका सभा हलमा विभिन्न मतदान केन्द्रका मतपेटिका आउने, दाखिला र रुजु गर्ने काम भइरहेको छ। भौगोलिक रुपमा टाढा रहेका महाभारत, खानीखोला, चौरीदेउराली गाउँपालिकाबाट मत पेटिका आउने क्रममा रहेको छ। आज रातभरिमा मत पेटिका पनौती ल्याई भोलि मात्रै गणना सुरु हुने सम्भावना देखिएको छ।

यस्तै, काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट कम्तिमा आज राति अबेरसम्म सबै मतदान केन्द्रबाट मत पेटिका धुलिखेलस्थित मत गणनास्थल शिक्षा तालिम केन्द्रमा आइपुग्ने बताईएको छ।

दलहरुबीच निर्वाचन अघि भएको सहमति अनुसार मत पेटिका आउने वित्तिकै मत गणना सुरु गरिनेछ। तर सबै मतदान केन्द्रबाट मत पेटिका आउन समय लाग्ने भएकाले आज फेरी दलहरु बसेर छलफल गरेपछि निर्णय लिनेछन्।

गठबन्धनका नेताहरुले मत पेटिका मुख्य निर्वाचन अधिकृतले जिम्मा लिने बित्तिकै गणना सुरु गर्ने बताएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को मतदानस्थल विकट स्थलमा भएकाले मतपेटिका आउन समय लाग्ने बताइएको छ। भोली दिउँसोसम्म निर्वाचन क्षेत्र नम्बर १ को सबै मत पेटिका आइसक्ने बताइएको छ।

निर्वाचन क्षेत्र नम्बर २ को मत गणनास्थल पनौती नगरपालिकाको सभा हल बाहिर मत पेटिका गरिदै

प्रतिक्रिया दिनुहोस