काभ्रे क्षेत्र-२: शिबप्रसाद हुमागाईं अघि अघि गोकुल बास्कोटा पछी पछी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ६, मंगलबार मा प्रकाशित १३९८ पटक पढिएको
काभ्रे क्षेत्र-२: शिबप्रसाद हुमागाईं अघि अघि गोकुल बास्कोटा पछी पछी

मंसिर ६, काभ्रे। काभ्रेमा पनि मतगणना जारी रहेको छ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं अगाडी बढिरहनु भएको छ।

एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछी पार्दै हुमागाईं अगाडी बढ्नुभएको हो। केहि बेर अघिसम्मको नतिजा अनुसार १५ हजार ६३८ मत गणना गर्दा कांग्रेसका हुमागाईंले ७ हजार ७४ मत प्राप्त गर्दा एमालेका बास्कोटाले ६ हजार ३८९ मत प्राप्त गर्नुभएको छ।

उहाँहरु बिचको मतान्तर ६८५ रहेको छ। बास्कोटाले मतान्तर घटाउदै लैजानुभएको छ। बनेपा नगरपालिका क्षेत्रको मत गणना सुरू भएसँगै बास्काटाको मत बढ्दै गएको छ।

घण्टीका दिनेशको मत १ हजार ५० रहेको छ।

प्रतिक्रिया दिनुहोस