प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेका बास्कोटाले लिए अग्रता

नौलो समाचार संवाददाता
२०७९ मंसिर ७, बुधबार मा प्रकाशित १५३० पटक पढिएको

प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेका बास्कोटाले लिए अग्रता

मंसिर ७, काभ्रे। काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ र २ को मत गणना जारी रहेको छ।

प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेले अग्रता लिएको छ। लोकतान्त्रिक बाम गठबन्धनका शिवप्रसाद हुमागाईंको अग्रतालाई पछ्याइरहनुभएका एमालेका गोकुल बास्कोटाले पनौती नगरपालिका वडा नम्बर-३ को मत गणना भैरहदा अग्रता लिनुभएको हो।

बास्कोटाले पनौती ३ मा कुल खसेको मतमा १४ सय २९ प्राप्त गर्नुभएको हो। कांग्रेस उम्मेदवार हुमागाईले ५७७ र घण्टीको दिनेश हुमागाईले १७५ मत प्राप्त गर्नुभएको छ।

वडा नम्बर ३ को भारी मतसँगै यसअघि बनेपा र पनौती नगरपालिकाको वडा नम्बर १ र २ को सबै मतान्तर घटाएर बास्कोटाले २७६ मतको अग्रता लिनुभएको छ।

पनौती नगरपालिकामा अब वडा नम्बर ११ र १२ नम्बरको मात्रै मत गणना गर्न बाँकी छ। हालसम्म प्रतिनिधि सभा २ भित्र पर्ने बेथानचोक गाउँपालिका, बनेपा पुरै र पनौतीको ३ वटा वडाको मत गणना सकिएको छ।

जसमा गोकुल बास्कोटाले १७ हजार ५२ र शिव प्रसाद हुमागाईले १६ हजार ७७६ मत प्राप्त गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस