गोकुल बास्कोटाले शिब हुमागाईसंगको मतान्तर हजार भन्दा माथि पुर्याए

नौलो समाचार संवाददाता
२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १३४६ पटक पढिएको

गोकुल बास्कोटाले शिब हुमागाईसंगको मतान्तर हजार भन्दा माथि पुर्याए

मंसिर ८, काभ्रे। काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ र २ को मत गणना जारी रहेको छ। प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर-२ तर्फ एमालेले अग्रता लिएको छ।

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले लोकतान्त्रिक बाम गठबन्धनका शिवप्रसाद हुमागाईंसंगको अग्रता १ हजार भन्दा माथि पुर्याउनु भएको छ।

बेथानचोक, पनौती, बनेपा, भुम्लु, र मण्डन १ र २ वडाको मतगणना भैसक्दा गोकुल बास्कोटाको मत २४ हजार १०८ रहेको छ भने शिवप्रसाद हुमागाईंको २२ हजार ९७२ रहेको छ। उहाँहरुविचको मतान्तर १ हजार १३६ रहेको छ। पनौती क्षेत्रको मत गणना सुरु भएपछी बास्कोटाको मत एकाएक बढेको देखिएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी दिनेश हुमागाईले ६ हजार ५८३ मत प्राप्त गर्नुभएको छ।

काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ।


प्रतिक्रिया दिनुहोस