काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतले विजयी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित ११४४ पटक पढिएको

काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतले विजयी

मंसिर ८, काभ्रे। काभ्रे प्रतिनिधिसभा-१ को प्रदेशसभा १ (क)बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल भारी मतले विजयी हुनुभएको छ।

आज (विहीबार) सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय हुनुभएको हो।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप)ले ११ हजार २७८ मत प्राप्त गर्नुभयो।

त्यस्तै, वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजय हुनुभएका ढकाल माओवादी केन्द्रका केन्द्रिय सदस्य हुनुहुन्छ। उहाँले विजय भएपछि सञ्चारकर्मीसँग बोल्दै अघिल्लो कार्यकालमा अपुरा रहेको काम पुरा गर्ने र जनताकै बिचमा रहेका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसअघि ०७४ सालको निर्वाचनमा ढकाल यही निर्वाचन क्षेत्रबाट विजय भएको थियो।


प्रतिक्रिया दिनुहोस