काभ्रे प्रतिनिधि सभा-२ (क) मा गठबन्धनका लक्ष्मण लम्साल विजयी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित ११६८ पटक पढिएको
काभ्रे प्रतिनिधि सभा-२ (क) मा गठबन्धनका लक्ष्मण लम्साल विजयी

मंसिर ८, काभ्रे। काभ्रे जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एकीकृत समजवादीका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ।

लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गर्नु भएको छ।

अघिल्लो २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा नै विजयी हुनुभएको थियो। लम्साल एमाले पार्टी विभाजन हुँदा नेकपा एसमा रहनुभएको थियो। अहिले प्रदेश सभा सदस्यमा विजयी लम्साल बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस