काभ्रेमा गठबन्धनका उम्मेदवार कुन कुन ठाउँमा विजयी ?

नौलो समाचार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १०८४ पटक पढिएको
काभ्रेमा गठबन्धनका उम्मेदवार कुन कुन ठाउँमा विजयी ?

मंसिर ९, काभ्रे। काभ्रेको चार वटै प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

काभ्रेमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ। दुई प्रदेश नेपाली कांग्रेसले जितेका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एक एक प्रदेश जितेका छन्।

प्रतिनिधि सभा क्षेत्र नं. १(क) मा नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी भएका छन् । ढकालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गरेका छन् । ढकालले २० हजार ७ सय २० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी लामाले ११ हजार दुई सय ७८ मत प्राप्त गरका थिए । ढकाल २०७४ सालमा पनि विजयी भएका थिए । उनी बागमती प्रदेशका वहालवाला प्रदेश मन्त्री हुन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ बहादुर लामा विजयी भएका छन् । निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र लामालाई ३ मतले पराजीत गर्दै तिर्थ विजयी भएका हुन् । तिर्थ लामाले १९ हजार २ सय ८० मत प्राप्त गरेका छन् भने निकटम प्रतिस्पर्धी चन्द्र लामाले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन् । तिर्थ लामा दोस्रो संविधान सभा सदस्य हुन् भने चन्द्र लामा २०७४ सालमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई बागमती प्रदेश मन्त्री समेत भएका थिए ।

प्रतिनिधि सभा क्षेत्र नं. २(क) मा नेकपा एकिकृत समाजवादीका लक्ष्मण लम्साल विजयी भएका छन् । लम्सालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका कुमार प्रसाद खकुरेललाई एक सय एक सय ८८ मतले पराजित गर्दै विजयी भएका हुन् । लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि लम्साल सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा क्षेत्र नं. २(ख)मा नेपाली कांग्रेसका नेता कन्चनचन्द्र वादे अत्याधिक मतले विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार थापालाई ४ हजार ७८ मतले पराजित गर्दै विजयी भएका हुन् । वादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् भने थापाले २१ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् । वादे २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई उद्योग राज्यमन्त्री समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस