काभ्रे प्रतिनिधि सभा-१ बाट माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

नौलो समाचार संवाददाता
२०७९ मंसिर १०, शनिबार मा प्रकाशित ५७७ पटक पढिएको

काभ्रे प्रतिनिधि सभा-१ बाट माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

मंसिर १०, काभ्रे। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभएको छ।

माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङलले ४ हजार ४ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको हो।

दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गर्नुभयो। दोङले लामालाई ३ हजार ९६४ मतान्तरले पराजित गर्नुभएको हो।

यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री बन्नु भएको थियो ।

दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने यसै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार तीर्थ लामासँग पराजित हुनुभएको थियो ।

निर्वाचित सूर्यमान दोङ पूर्व उर्जा राज्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस