काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः मतगणना गर्न एमालेको माग

नौलो समाचार संवाददाता
२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ३०१२ पटक पढिएको
काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः मतगणना गर्न एमालेको माग

मंसिर १२, काभ्रे। नेकपा एमालेले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः गणना गर्न एमालेले माग गरेको छ।

एमालेले काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश २ मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः गणना गर्न माग गरेको हो।

आज मतदान, मतगणना र प्रमाणपत्र दिने सन्दर्भमा सरकार तथा निर्वाचन अधिकृतहरुबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराउने क्रममा काभ्रेमा पनि पुनः मत गणना गर्न माग गरेको हो।

महासचिव शंकर पोखरेलले सोमवार आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा,बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरेको छ ।

एमालेले बुथ कब्जा भएका सबै मतदान केन्द्रहरुको विवरणसहित ती ठाउँमा मतदान गराउन माग गरेको हो । त्यस्तै मन्त्रीहरु चुनाव हार्ने भएपछि उदयपुर १ र सुनसरी ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएकलो पुनः गणना गर्न समेत माग गरेको छ ।

त्यस्तै, चुनाव जितिसकेका पाँचथरका एमाले उम्मेदवार वसन्त नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा रहेको आशंका सिर्जना भएको समेत एमालेले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस