काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

नौलो समाचार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार मा प्रकाशित १५८६ पटक पढिएको
काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

मंसिर १६ काभ्रे। काभ्रेमा ३२ हजार ४५५ मत बदर भएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार काभ्रेमा १ लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए। जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए।

जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए।

क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७ सय २२ मत बदर भएको छ। क्षेत्र नं १ प्रदेशसभा ९१० मा प्रत्यक्षतर्फ १ हजार ५ सय ८४, प्रदेशसभा ९२० मा प्रत्यक्षतर्फ १ हजार ४६३ तथा प्रदेशसभा ९१० र ९२० मा समानुपातिकतर्फ ४ हजार ८७२ मत बदर भएका थिए।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३ हजार ८३७, समानुपातिकतर्फ ३ हजार ९१३ तथा क्षेत्र नं २ ९१० मा प्रत्यक्षतर्फ १ हजार ४५१, क्षेत्र नं २ ९२० मा १ हजार ७५१ तथा समानुपातिकतर्फ ५ हजार ४२६ मत बदर भएका थिए।

यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेका ५० उम्मेदवारको जमानत जफत भएको छ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो। धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन्।

प्रतिक्रिया दिनुहोस