पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

नौलो समाचार संवाददाता
२०७९ मंसिर १९, सोमबार मा प्रकाशित १२५८ पटक पढिएको

पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

मंसिर १९, काभ्रे। पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ।

आज १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा पनौती नगरपालिका स्वास्थ्य शाखाले नगरका १२ वटै वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको हो।

नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारी, प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना,बाह्र वटै वडाका स्वास्थ्य इन्चार्ज, डाक्टर, नगर क्षेत्रका सम्पूर्ण स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो।

सम्मानित हुने स्वयमसेविकाहरुमा वडा नम्बर १ को रयाले स्वास्थ्य चौकीका शारदा सापकोटा, वडा २ को अन्ते तार स्वास्थ्य चौकीका सुनिता बजगाई हुमागाई, वडा ३ को कुशादेवी स्वास्थ्य चौकीका मैना सापकोटा, वडा ४ को तौखाल स्वास्थ्य चौकीका सावित्री थापा, वडा ५ को सुब्बागाउँ स्वास्थ्य चौकीका छल कुमारी केसी, वडा ६ को दलिंचोक स्वास्थ्य चौकीका रेणु थापा, वडा ७ को पनौती स्वास्थ्य चौकीका चिनु कुमारी थापा, वडा ८ को मल्पी स्वास्थ्य चौकीका चन्द्र कुमारी थापा, वडा ९ को सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रकी कान्छी कुँवर, वडा १० को खोपासी प्राथमिक स्वास्थ्य केन्द्रकी सुनिता गुरागाई, वडा ११ को बल्थली स्वास्थ्य चौकीका सुर्य कुमारी लामा र वडा १२ को कालाती भुमि डाडा स्वास्थ्य चौकीका गीता अधिकारी रहनुभएको छ।

कार्यक्रममा नगरप्रमुख भण्डारीले उत्कृष्ठ स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्दै समाजमा उहाँहरुको काम र योगदान अमूल्य रहेको बताउनुभयो। कोरोना तथा डेङ्गु जस्ता विभिन्न स्वास्थ्य संकटकामा जुध्न देशभर स्वास्थ्य स्वयमसेविकाहरुले ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो।

जनस्वास्थ्य सम्बन्धी हरेक काममा स्वास्थ्य स्वयमसेविकाको लगनशीलताको राज्यले उचित सम्मान दिनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो। पनौती नगरले केही नीति बनाएर उहाँहरुको कामको सम्मान हुनेगरी सेवा सुविधा लगायतका कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो।

यस्तै, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले सम्मानित हुने तथा उपस्थित सम्पूर्ण स्वास्थ्य स्वयमसेविकालाई दिवसको अवसरमा बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।


प्रतिक्रिया दिनुहोस