टिपर संचालनका लागि पनौती नगरको नयाँ तालिका

नौलो समाचार संवाददाता
२०७९ मंसिर १९, सोमबार मा प्रकाशित १३३७ पटक पढिएको
टिपर संचालनका लागि पनौती नगरको नयाँ तालिका

मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले टिपर संचालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ।

आज नगरपालिकामा बसेको सर्वपक्षीय छलफलको निर्णय अनुसार टिपर संचालनको तालिका सार्वजनिक गरेको हो।

टिपरका कारण दुर्घटना बढेको र उच्च गतिका कारण बजार क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीयले बिरोध गर्दै आएका छन्।

सूचनामा पनौती नमोबुद्ध रोडमा एकतर्फी (लोड गाडी) र गोरखनाथ फेदीमुनिबाट बैकल्पिक सडक हुदै कजवे निस्कने बाटो (खालि सडक) बाट खाली टिपर संचालन गर्ने र मुख्य सडक एवम पैदल यात्रीको आवत जावत हुने सडक क्षेत्रमा अधिकतम गति २० किलोमिटर प्रति घण्टा हुने गरी संचालन गर्ने, मालवाहक सवारी साधनहरु सडक किनारा लगायत मानेश्वरी बसपार्क क्षेत्रमा पार्किङ नगर्ने सहमति बनेको छ।

यस्तै, तोकिएको समय तालिका भित्र अन्य मालवाहक साधन समेत मानेश्वरी बसपार्क लगायत बजार क्षेत्रमा प्रवेश नगर्ने छलफलबाट निर्णय भएको छ।

पनौती नगरपालिकाले टिपर संचालन लागि नयाँ तालिका निम्न छ:-

प्रतिक्रिया दिनुहोस