बेथानचोक चलालगणेशस्थानमा रिजर्भ बस दुर्घटना, १७ जनाको मृत्यु

४ जनाको अवस्था गम्भीर
नौलो समाचार संवाददाता
२०७९ मंसिर २७, मंगलबार मा प्रकाशित १७०४ पटक पढिएको
बेथानचोक चलालगणेशस्थानमा रिजर्भ बस दुर्घटना, १७ जनाको मृत्यु

मंसिर २७, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर-४ चलालगणेशस्थानको सल्लाफेदी नजिकै बस दुर्घटना हुदा ठुलो संख्यामा यात्रुहरुको ज्यान गएको छ।

दुर्घटनामा १७ जनाको ज्यान गएको खबर प्राप्त भएको छ।

२२ जना घाइते रहेका छन्। ४ जनाको अवस्था गम्भीर रहेको छ। बसमा ३९ जना सवार थिए।

बेथानचोक गाउँपालिका वडा नम्बर ५ को च्याल्टीमा भएको ब्रतबन्ध सकाएर फर्किदै गरेको मावालीहरु चढेको बस दुर्घटनामा परेको पाइएको छ। भाञ्जाको ब्रतबन्धमा सहभागि बनेपा ११ को सल्ले भन्ने ठाउँबाट आज बिहान मात्रै मावालीहरु च्याल्टी पुगेका थिए । पनौती–काठमाण्डौ चल्ने बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त बसलाई डोजरको सहायताले उठाई घाईतेहरुको उद्धार गरी धुलिखेल अस्पताल र शीरमेमोरियल अस्पतालमा सुरु गरिएको छ।

उद्धारमा स्थानीय, नेपाली सेना र प्रहरीको उद्दार टोली खटिएको थियो।

गम्भीर घाइतेको संख्या धेरै रहेकोले धेरै रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

तिब्र गतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस