पत्रकार महासंघ काभ्रेको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ पौष २, शनिबार मा प्रकाशित ८८७ पटक पढिएको
पत्रकार महासंघ काभ्रेको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न

पुष २, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न भएको छ।

आज बनेपामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा तीनवटै तहको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने काभ्रेका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुख लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारहरुको वृत्ति विकासका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने काठमाडौं विश्वविद्यालयलाई सम्मान गरिएको थियो भने पत्रकारिता क्षेत्रमा लामो समय क्रियाशिल भई वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँचखाल नगरपालिकाको उपप्रमुखमा निर्वाचित सूर्यमाया दनुवार र बेथानचोक गाउँपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित मधुसुदन तिमल्सिनालाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष पोख्रेल, सचिव गोविन्द चौलागाईं, प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल र तीर्थ लामा, महासंघ प्रदेश अध्यक्ष शिव देवकोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोला थापा, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासंघ काभ्रेका कोषाध्यक्ष केदार तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, महासंघ काभ्रेका सचिव कपिल कोइरालाले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष विनोद न्यौपानेले धन्यवाद मन्तव्य राख्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस