काभ्रे नमोबुद्ध-२ मा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ पौष १२, मंगलबार मा प्रकाशित ११५८ पटक पढिएको
काभ्रे नमोबुद्ध-२ मा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

पुस १२, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

दुर्घटनामा बाईकमा सवार मध्य एक घाईते भएका छन्। धुलिखेलबाट भकुन्डे तर्फ जादै गरेको कारलाई भकुण्डेतर्फनै जादै  गरेको बाईकले ओभरटेक गर्न खोज्दा अनियन्त्रित भएर पल्टेकै समयमा भकुण्डेबाट बनेपातर्फ आउदै गरेको बसले किच्दा बाईकमा सवार एकको मृत्यु भएको हो।

आज अपरान्ह भएको दुर्घटनामा सिन्धुली जिल्लाको दुधौलि वडा नं ४ का अन्दाजी २५ बर्षका सुजन काफ्लेको मृत्यु भएको हो।

बाईकमा मृतक सुजन काफ्ले र सिन्धुलीकै फिक्कल वडा नं ६ का कपिल नाम गरेको ब्यक्ति रहेको भकुण्डेबेशी प्रहरी चौकीका प्रहरी नायब निरिक्षक ईन्द्रबहादुर राईले जानकारी दिनुभयो।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।


प्रतिक्रिया दिनुहोस