काभ्रेको महाभारतमा बस दुर्घटना, ८ जना घाइते, केहि गम्भीर

नौलो समाचार संवाददाता
२०७९ पौष १३, बुधबार मा प्रकाशित ९२६ पटक पढिएको
काभ्रेको महाभारतमा बस दुर्घटना, ८ जना घाइते, केहि गम्भीर

पुस १३, काभ्रे। काभ्रेको महाभारत गाउँपालिका-७ उदाउमेमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्लाको अति विकट महाभारत गाउँपालिकाको वडा नम्बर ७ उध्याउने भञ्ज्याङ भन्ने स्थानमा भएको बस दुर्घटनामा सवार अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ।

आज साँझ बनेपाबाट गोकुले धाप जाँदै गरेको बा ४ ख १९९६ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो। बस सडकमै पल्टिएको छ।

घाइतेहरुको बन्खु स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको छ। उनीहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि लगेको हो।

केहि गम्भीर घाइतेलाई थप उचापरका लागि अन्य ठाउँमा पठाउने तयारी भैरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

बनखु स्वास्थ्य चौकीमा उपचाररत घाइतेहरुको विवरण :-
१ विमला माझी खानिखोला ४
२ बिन्दा आले मगर महाभारत -८ वर्ष ३०
३ रोहन पुलामि महाभारत – ६ वर्ष १२
४ डम्बर ब राना मरिण १ वर्ष ६५
५ पन्चमाया माझि महाभारत ६ वर्ष ४०
६ सनी माया थिङ महाभारत ६ वर्ष ५२
७ चक्र कुवर महाभारत ६ वर्ष ४२
८ नेत्र कुमारी राना सिन्धुली

 

 

प्रतिक्रिया दिनुहोस