बेथानचोकमा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम

नौलो समाचार संवाददाता
२०७९ पौष १४, बिहिबार मा प्रकाशित ३४८ पटक पढिएको

बेथानचोकमा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम

पुस १४, काभ्रे। बेथानचोक गाउँपालिकामा महिलाहरूको लागि लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम कार्यक्रम सम्पन्न भएको छ।

८ दिनसम्म सञ्चालित तालिममा २५ जना सथानीय महिला सहभागी भएका थिए।

सजना नकर्मीले तालिम प्रदान गर्नभएको तालिमबाट सहभागीहरूले १५ थरी लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउन सिकेको तालिममा सहभागी महिलाहरुले बताएका छन्।

समापन कार्यक्रमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएकोले महिला दिदीबहिनीहरूमा जीवनोपयोगी सीप आवश्यक रहेको बताउनुभयो। आफूहरूले घोषणा पत्रमा जाहेर गरेको प्रतिवद्धताहरूलाई क्रमिक रूपमा पुरा गर्दै लैजाने क्रममा यस प्रकारको तालिम कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। लप्सी उत्पादनका लागि बेथानचोक उर्वर भूमि भएकोले तालिमबाट आर्जित सीपले महिला दिदीबहिनीको जीवनस्तर माथि उठनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै लैजाने उद्धेश्य अनुरूप नै तालिम सञ्चालन गरिएको हुँदा भावी दिनहरूका तालिमलाई थप सशक्त बनाउँदै उत्पादित वस्तुहरूको बजारिकरणमा पनि सोच बनाउने बताउनु भयो । समाजका सबै तह र तप्का सीपयुक्त भएमा समुन्नत समाज निर्माणमा समय नलाग्ने बताउँदै उहाँले जीवनोपयोगी सीपहरूको कुनै सिमा नहुने भएकाले प्राप्त सीपलाई प्रभावकारी बनाउँन, उचित समयमा उचित निर्णय लिन सक्ने बन्न तालिमका सहभागीहरूलाई आग्रह गर्नु भयो ।

प्रशासन प्रमुख विश्वनाथ दाहालले यस्ता तालिमले समाजमा लैङ्गिक भेदभावमा कमी ल्याउने, आत्मनिर्भर बन्न सहयोग पु¥याउने भएकोले तालिमबाट सिकेको कुरालाई कर्ममा परिवर्तन बनाउनु पर्ने कुरा बताउनु भयो । यस्तै शिक्षा शाखा प्रमुख पुष्पा राईले सीप भनेकै शिक्षा भएकोले सीपले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ भन्दै समाजमा इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्ने हुँदा सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

सहभागीहरू लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा मगर र निर्मला थापा मगर लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरूषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुशिला राईले सञ्चालन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस