नमोबुद्धमा कृषकलाई कृषि सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७९ पौष १४, बिहिबार मा प्रकाशित ३२१ पटक पढिएको

नमोबुद्धमा कृषकलाई कृषि सामाग्री सहयोग

पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ।

नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाई सेट, मल्चिङ प्लाष्टिक, क्रेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो।

छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामाग्री हस्तान्तरण गर्नुभयो। नगर प्रमुख लामाले अनुदान पाउने कृषकलाई कृषि उत्पादनमा अझै राम्रो काम गर्न अनुरोध गर्दै काम भए/नभएको अनुगमन गर्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले कृषकले राम्रो उत्पादन गर्दै गए पुरस्कृत गर्ने बताउनुभयो। नगरपालिकाको कृषि समितिका संयोजक रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले कृषक लाभान्वित र प्रोत्साहित हुने विभिन्न कार्यक्रम तय गरिएको बताउनुभयो।

कृषि शाखाका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, परियोजना अन्तर्गत वडा नं २, ५ र ८ मा बासको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालित छ।

परियोजना सुहाउँदो हावापानी, भुगोल र खेती गर्ने कृषक छनोट गरेर सामाग्री वितरण गरेको अधिकारीले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस