नवदुर्गा साकोस पनौतीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

नौलो समाचार संवाददाता
२०७९ पौष २३, शनिबार मा प्रकाशित ११८९ पटक पढिएको

नवदुर्गा साकोस पनौतीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

पुस २३, काभ्रे। नवदुर्गा साकोस पनौती-९ ले संस्थाको २० औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

साकोस तथा नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज नेपालको सह-आयोजनामा संचालीत कार्यक्रमबाट ६० जना रक्तदाताहरुले रक्तदान गरेका सोसाइटीका सभापती यज्ञ प्रसाद हुमागाईले जानकारी दिनुभयो।

रक्तदान कार्यक्रममा जिल्लामै सवै भन्दा बढि पटक रक्तदान गर्ने विदुर खड्कालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो। खड्काले १२२ पटक रक्तदान गरिसक्नुभएको छ। त्यसैगरी १०२ पटक रक्तदान गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा सभापती समेत रहनुभएका रघुनाथ हुमागाई, १०१ पटक रक्तदान गर्ने नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य नारायणप्रसाद सापकोटालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै रेडक्रसको  जिल्ला शाखा सभापती रघुनाथ हुमागाई जिल्लामा सहज ढंगले रगत उपलब्ध हुन कठिन परिस्थितीमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेर आवश्यकता पूर्ति गर्नमा सघाउ पु¥याएको बताउनुभयो। साथै उहाँले रेडक्रस उप-शाखाहरुले यस प्रकारका कार्यहरु निरन्तर गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। यस्तै, अधिवक्ता समेत रहनुभएका संस्थाका कानुनी सल्लाहकार रमेशप्रसाद हुमागाईले संस्थाहरुले सामाजिक दायित्व अनुरुप यस प्रकारका कार्यहरु निरन्तर गर्नपर्ने सुझाव दिनुभयो।

पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्ला लगाएत आसपासका क्षेत्रमा रगतको अभाव बढ्दो रहेको वर्तमान अवस्थामा रक्तदान कार्यक्रमबाट संकलित रगतले उपत्यका सम्मलाई राहत पुग्ने बताउनुभयो।

नवदुर्गा सकोसका सचिव तथा कार्यक्रम संयोजक अकुरप्रसाद सापकोटाले संस्थाको स्थापना दिवसका अवसरमा यस प्रकारका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउदै यस पटक जिल्लामा रगतको अभाव रहेको वुझेर नै रेडक्रससंगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा नवदुर्गा साकोसका अध्यक्ष इन्द्रप्रसाद हुमागाई, मानेश्वरी संस्कार सुधार समाजका अध्यक्ष हिरालाल आचार्य, साइनो समाजका सल्लाहकार भिमबहादुर खत्री लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संचालन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस