साहित्यकार सूर्यप्रसाद लाकोजूलाई शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार

नौलो समाचार संवाददाता
२०७९ पौष २६, मंगलबार मा प्रकाशित २४६ पटक पढिएको
साहित्यकार सूर्यप्रसाद लाकोजूलाई शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार

पुस २६, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ।

एक कार्यक्रम बीच नेपाल सरकारका उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार २०७९  प्रदान गर्नुभएको छ ।

उनीसँगै  भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कारबाट नेपाः च्यानलका सञ्चारकर्मी अनुशा बज्रँचार्य पुरस्कृत भएका थिए ।

त्यस्तै बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार भक्तपुरका फोटोपत्रकार सुरेशख्वाखः श्रेष्ठलाई, श्रीरामस्मृति पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई, ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नरेशवीर शाक्यलाई, सरस्वती कर्माचार्यलाई ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए ।

पुरस्कृत व्यक्तित्वहरुलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए  । सो पुरस्कार  नेवा पत्रकार राष्ट्रिय दबुको चौथो वार्षिकोत्सव को अवसरमा प्रदान गरिएको थियो  ।

प्रतिक्रिया दिनुहोस