अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

नौलो समाचार संवाददाता
२०७९ पौष २८, बिहिबार मा प्रकाशित ५९९ पटक पढिएको
अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

पुस २८, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् ।

बिहीवार विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई दोषी ठहर गरेको हो ।

नेपाल इन्जिनीयरिङ कलेजको जग्गा विवादमा ७८ लाख घुस लिएको आरोपमा पाठकमाथि मुद्दा दायर भएको थियो ।

अख्तियारको आयुक्त भएकै बेलाको मुद्दा भएकाले थप ३ महिना कैद हुने समेत फैसलामा उल्लेख रहेको योगीले बताए ।

यसै प्रकरणमा नेपाल इन्जिनीयरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि समान ३ वर्ष कैद र ३९ लाख जरिवाना सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस