माघ २ बाट काभ्रेमा जग्गाको कित्ताकाट खुल्यो, बनेपा र धुलिखेलले सकाए जग्गाको वर्गीकरण

नौलो समाचार संवाददाता
२०७९ पौष ३०, शनिबार मा प्रकाशित ३२७६ पटक पढिएको
माघ २ बाट काभ्रेमा जग्गाको कित्ताकाट खुल्यो, बनेपा र धुलिखेलले सकाए जग्गाको वर्गीकरण

पुस ३०, काभ्रे। काभ्रे जिल्लामा जग्गाको कित्ताकाट खुल्ने भएको छ।

जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै माघ २ गतेदेखि जग्गाको कित्ताकाट खुल्ने जनाएको हो।

मालपोत अधिकृत गंगाप्रसाद पोख्ररेलका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ। यी दुई पालिकामा जग्गा वर्गीकरण मिलेकाले कित्ताकाट खुल्ला गरिएको हो।

मालपोत कार्यालयले काभ्रेका जग्गा वर्गीकरण सकाएका स्थानीय तहलाई पत्र समेत पठाएको छ। घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको छ।

काभ्रेमा धुलिखेल र बनेपा नगरपालिका तथा चौरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए। चौरीदेउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएकोले पुनः वर्गीकरणका लागि पठाइएको छ।

अन्य पालिकाबाट भने अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन मालपोत कार्यालयमा नपरेको मालपोत अधिकृत पोख्ररेलले बताउनुभयो। ‘जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाउन लागिएको हो।

भू-उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भईसकेका स्थानीय तहहरुबाट आएका भू-उपयोग परिषद्को निर्णय अनुसार सबै कित्ता जग्गाको जग्गा धनि श्रेस्ता/पूर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकोले अनिवार्य रुपमा मिति २०७९ साल माघ २ गतेबाट खुल्ला गरिने मालपोत कार्यालयले जनाएको छ।

लिखत रजिष्ट्रेशन पास बैक तथा वित्तीय संस्थाहरुको रोक्का, नामसारी लगायत अन्य निवेदन सम्बन्धि सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरुबाट सिफारिस आए पश्चात मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ।

जिल्ला मातपोत कार्यालय काभ्रेको सूचना:


प्रतिक्रिया दिनुहोस