गलत

सूर्य प्रसाद लाकोजू
२०७९ माघ ७, शनिबार मा प्रकाशित ३६३ पटक पढिएको
गलत

दुखले छट्पटिंदै थिएँ
पीडाले तड्पिंदै थिएँ
सम्झें
साथीभाइ छन
आफन्त छन
आउँछन र आँसु पुछ्छन ।

जब संघर्षको आगोमा बल्दै
कर्म पोख्दै थिएँ
प्रगतिको बाटोमा लम्कँदै थिएँ
अनि सफलताको शिखर चुमे
सम्झें
साथीभाइ छन
आफन्त छन
आउँछन र बधाई दिन्छन
सुख भएनि बाँडछन
तर
दुबै पल्ट
म गलत साबित भएँ ।

-सूर्य प्रसाद लाकोजू

प्रतिक्रिया दिनुहोस