राष्ट्रिय सेवा दलको तालिमपछि बेलरमा विद्यार्थीहरुको सिप प्रर्दशन

नौलो समाचार संवाददाता
२०७९ माघ १०, मंगलबार मा प्रकाशित १०८० पटक पढिएको
राष्ट्रिय सेवा दलको तालिमपछि बेलरमा विद्यार्थीहरुको सिप प्रर्दशन

माघ १०, काभ्रे। बनेपामा रहेको बेलर इन्टरनेसनल एकेडेमीका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको छ।

जिल्लाको बनेपा नगरपालिका वडा नं ७, गोदामचोकस्थित बेलर इन्टरनेसनल एकेडेमीका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको हो। तालिम पश्चात विद्यार्थीहरुले आफूले सिकेको सीपहरु प्रर्दशनी गरेका छन् । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमको अवसरमा विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

नेपाली सेनाले सञ्चालन गरेको राष्ट्रिय सेवा दलको सिनियर डिभिजनको तालिममा बेलरका १८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना विद्यँर्थीहरु सहभागी थिए । उनीहरुले अभिभावक दिवसको अवसरमा आफ्ना प्रस्तुतीहरु दिएका थिए । उनीहरुले ड्रील, खुकुरी ड्रील, मोडल ब्रिफिङ, नृत्य, लगायत सांस्कृतिक प्रस्तुतीहरु दिएका थिए ।

जिल्ला स्थित कालीजंग गणको समन्वयमा ७९ दिने तालिममा सहभागी भएका विद्यार्थीहरुले गरेको प्रस्तुतीको प्रशंसा गर्दै, यस तालिमले विद्यार्थी जिवनमा धेरै मद्दत गर्ने बेलर इन्टरनेश्नल एकेडेमीकी प्रधानाध्यापक इन्दु थापाले बताउनुभयो। उहाँका अनुसार, यस तालिमले विद्यार्थीहरुलाई अनुशासित बनाउनुको साथै उनीहरुको आत्मविश्वास बृद्धि गरेको छ ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला स्थित कालीजंग गणका गणपति एवं प्रमुख सेनानी प्रकाशबहादुर सिंहले विद्यार्थीहरुले तालिमको सदुपयोग गरेको बताउदै यस तालिमले उनीहरुलाई उर्जा थप्ने बताउनुभयो। उहाँका अनुसार, यस प्रकारको तालिमले विद्यार्थीलाई अनुशासित बनाउने भएकाले विद्यँर्थी जीवनमा यस्तो तालिम आवश्यक छ ।

कालीजंग गणका गणपतिका सह–सेनानी अजय परियारले राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीहरुको नेत्तृत्व विकास र व्यक्तित्व विकास बृद्धि गर्ने भएकाले विद्यार्थीहरुलाई यो तालिमको आवश्यक रहेको बताउनुभयो। यो उमेर सक्रिय भएर राष्ट्रको सेवाको लागि अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो।

विद्यालयले सैदान्तिक शिक्षा मात्र नभएर अतिरिक्त क्रियाकलापसँगै राष्ट्रियता, राष्ट्रप्रेम, राष्ट्रिय भावनाको विकास गराउनुको साथै नेत्तृत्व विकास गराउनका विद्यार्थीहरुलाई तालिम प्रदान गराउदै आएको बेलर इन्टरनेश्नल एकेडेमीका अध्यक्ष भोला थापाले उहाँका अनुसार, राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीहरु उत्साह थपेको छ।

बेलरका ३६ जना विद्यार्थीहरु माघ १२ गते श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय बर्दिबास, महोत्तरीमा हुन गइरहेको बागमती प्रदेश स्तरीय सामुहिक क्याम्पमा सहभागी हुदैंछन् । क्याम्पमा हुने अतिरिक्त क्रियाकलापमा १६ वटा विद्यालयसँग विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा राष्ट्रिय सेवा दलको तालिमका प्रशिक्षकहरुलाई विद्यालयले कदर पत्र प्रदान गर्दै सम्मान गरेको थियो । कार्यक्रममा कालीजंग गणका सेना, अभिभावक, सञ्चारकर्मीहरु, विद्यालयलका शिक्षक–शिक्षिकाहरु, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस