राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

नौलो समाचार संवाददाता
२०७९ माघ २२, आईतबार मा प्रकाशित ६९२ पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्। पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन्।

शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्। उनीहरूले आइतबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका थिए।

गृह मन्त्रालय नपाएपछि रवि लामिछाने नेतृत्वको पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत रहने सभापति लामिछानेले पत्रकार सम्मेलनमा बताए।

नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद र मन्त्री पद बर्खास्त गरेको थियो। लामिछानेले नागरिकता पुनप्राप्ति गरे पनि प्रधानमन्त्रीले प्रचण्डले स्वार्थ बाझिने भन्दै रास्वपालाई गृह दिन तयार थिएनन्।






प्रतिक्रिया दिनुहोस