भुम्लुमा निर्माणाधीन योजानाहरुको स्थलगत अनुगमनमा तिब्रता

नौलो समाचार संवाददाता
२०७९ फागुन १८, बिहिबार मा प्रकाशित २८७ पटक पढिएको

भुम्लुमा निर्माणाधीन योजानाहरुको स्थलगत अनुगमनमा तिब्रता

फागुन १८, काभ्रे। भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ।

गाँउपालिकाले ९ र १० वडामा निर्माणाधीन योजानाहरुको गाउँपालिकाका उपाअध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा स्थलगत अनुगमन गरको हो।

सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडा नम्बर र ९ र १० निमाणाधीन खानेपानी, सिढि, पुल, बाटो तथा अन्य योजनाहरुको अनुगमन गरिएका हो। उपभोक्ता समितीहरुबाट सम्पन्न भएका र निमाणाधीन विभिन्न योजानाहरुको प्रभावकारिता जाँच्नका लागि अनुगमन गरिएको हो।

गाउँपालिकाले योसँगै अन्य वडामा पनि अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको उपाअध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनुभयो।
गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताउनुभयो। उहाँले  अनुगमनका क्रममा देखिएका त्रुटिहरु सुधार गर्न निर्देशन पनि दिनुभएको छ।

निमाणाधीन योजानाहरुको स्थलगत अनुगमनमा इ साकार अधिकारी तथा सब इन्जिनियरहरु लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस