काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का

नौलो समाचार संवाददाता
२०७९ फागुन २१, आईतबार मा प्रकाशित ४०२ पटक पढिएको

काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का

फागुन २१, काभ्रे। आज बिहान अछाममा पनि भूकम्प गएको छ ।

बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि आजै बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको थियो।






प्रतिक्रिया दिनुहोस