अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

नौलो समाचार संवाददाता
२०७९ फागुन २४, बुधबार मा प्रकाशित २२२ पटक पढिएको
अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फागुन २४, काभ्रे। आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र संघवाट ‘Digital: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ ।

नेपालमा भने लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

धेरैजसो देशले यस दिन सार्वजनिक बिदा पनि दिने गरेको छ । नेपालमा पनि बिदा दिइने गरेको छ ।


प्रतिक्रिया दिनुहोस