मण्डनदेउपुरको बालआश्रमलाई आर्शु स्मृति प्रतिष्ठानद्वारा कम्प्युटर सेट सहयोग

नौलो समाचार संवाददाता
२०७९ फागुन २६, शुक्रबार मा प्रकाशित ६३१ पटक पढिएको

मण्डनदेउपुरको बालआश्रमलाई आर्शु स्मृति प्रतिष्ठानद्वारा कम्प्युटर सेट सहयोग

फागुन २६, काभ्रे। आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ।

आर्शु स्मृति प्रतिष्ठानको बनेपाको आयोजनामा मण्डनदेउपुर वडा नं – ९ मा रहेको सेवक नेपाल नामक संस्थाले खोलेको बालआश्रममा रहेका १५ बालबालिकाहरुका लागि १ थान कम्प्युटर हन्स्तान्तरण गरेको हो।

आज भन्दा १ बर्ष अगाडि (२०७८ फागुन २६) उपचारको क्रममा धुलिखेल अस्पतालको लापरबाहीको कारण निधन भएकी छोरी स्व. आर्शु काफ्लेको स्मृति दिवसको अवसरमा उनका माता/पिता सुस्मिता लामिछाने (काफ्ले) र हरेराम काफ्ले (रुपेश) लगायत समुहको पहलमा ‘आर्शु स्मृति प्रतिष्ठान नेपाल’ को स्थापना गरिएको हो।

छोरी आर्शुको सम्झनामा वर्षैभरी विभिन्न सेवामुलक कार्यक्रम गरिरहेको आर्शु स्मृति प्रतिष्ठानका संस्थापक काफ्लेले बताउनुभयो। एक छोरीको पिडा र सम्माझनामा आफुले हजारौँ छोरीको मुहारमा खुसी ल्याउने प्रयास गरिरेको उहाँको भनाई छ। छोरीको सम्झनामा सेवामुलक कार्य गर्दा आफूलाई खुसी मिल्ने काफ्ले बताउनुहुन्छ। छोरीकी सम्झनामा उहाँले ‘आर्शु स्मृति प्रतिष्ठान नेपाल’ को स्थापना गर्नुभएको हो।

साथै कुनै पनि समय गरिब, निम्न वर्गीय परिवारका सदस्यहरुमा उपाचारको लागि कठिन परिस्थिति परेको अवस्थामा धुलिखेल अस्पताल र आर्शु स्मृति प्रतिष्ठानबिच भएको सम्झौता अनुसार सम्पुर्ण  औषधी उपाचार नि:शुल्क गराउने ब्यवस्था मिलाइएको र हालसम्म केहि व्यक्तिहरुको उपचार समेत गराइसकेको प्रतिष्ठानका संस्थापक काफ्लेले बताउनुभयो।






प्रतिक्रिया दिनुहोस