तेस्रो मेयर कपको उपाधि बनेपा वडा नम्बर ८ लाई

नौलो समाचार संवाददाता
२०७९ फागुन २८, आईतबार मा प्रकाशित ५१० पटक पढिएको

तेस्रो मेयर कपको उपाधि बनेपा वडा नम्बर ८ लाई

फागुन २८, काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा भएको तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा बनेपा नगरपालिका वडा नम्बर ६ लाई २–३ अन्तरले ट्राईब्रेकरमा पराजित गदैँ वडा नम्बर ८ ले उपाधि जितेको हो। निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईब्रेकरबाट निर्णय गरिएको थियो।

नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा बनेपा नगरपालिका वडा नम्बर ६ को संयोजकत्वमा भएको भएको फुटबल खेलको विजेता टिमले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले ४० हजार रुपैयाँ पायो।

विजेता र उपविजेतालाई नगद तथा कप र मेडल प्रदान गर्दै बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडिलाई धन्यबाद दिनुहुदैँ कुना कन्दरामा प्रतिभा लुकाएर बसेका खेलाडीहरुलाई बाहिर ल्याउन खेलले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपमेयर बिमला सापकोटाले जहिले पनि नगरले खेललाई प्राथमिकतामा राखेको बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिब प्रसाद हुमेगाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरवासीहरुको उपस्थिती रहेको थियो ।
बनेपा नगरपालिकाले आयोजना गरेको उक्त फुटबल प्रतियोगितामा नगरका १४ वटा वडाले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस