नमोबुद्ध नगरको सम्पूर्ण वडामा नि:शुल्क स्वास्थ्य परिक्षण शुरु

नौलो समाचार संवाददाता
२०७९ फागुन २८, आईतबार मा प्रकाशित २६१ पटक पढिएको
नमोबुद्ध नगरको सम्पूर्ण वडामा नि:शुल्क स्वास्थ्य परिक्षण शुरु

फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकामा १८ बर्ष माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण सुरु गरिएको छ।

वडा नं १ स्थित फुलबारी स्वास्थ्य चौकीमा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा समेतको स्वास्थ्य परिक्षण गरेर कार्यक्रम शुभारम्भ गरिएको छ।

यहि फागुन २८, २९ र ३० गते नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ।

नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म नि:शुल्क औषधीको व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो। नगर प्रमुख लामाले आफू निर्वाचित भएपछि गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको बताउनुभयो।

परिक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत नि:शुल्क उपलव्ध गराइने स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिनुभयो।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसंग सहकार्य गर्दै नगरपालिकाको आन्तरिक श्रोतबाट कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ।


प्रतिक्रिया दिनुहोस