भुम्लुमा उपाध्यक्ष तामाङद्वारा बजार अनुगमन

नौलो समाचार संवाददाता
२०७९ फागुन २९, सोमबार मा प्रकाशित २१८ पटक पढिएको
भुम्लुमा उपाध्यक्ष तामाङद्वारा बजार अनुगमन

फागुन २९, काभ्रे। भुम्लु गाउँपालिकाको बजात तथा उद्योगहरु अनुगमन गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोलीले भुम्लुका बजार अनुगमन गरेको हो।

अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका ब्यवसाय र अखाद्य वस्तु फेला परेका छ।

अनुगमन टोलीले होटेल, पसल, मेडिकल तथा साना उद्योगहरु अनुगमन गरेको हो।

दर्ता नभएको पसल, ब्यवसायलाई जतिसक्दो छिटो दर्ता गर्न र म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण नगर्न सचेत गराइएको उपाध्यक्ष तामाङले बताउनुभयो।

अनुगमनमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, टोल सुधार समिति, प्रहरी, उद्योग बाणिज्य संघ तथा स्थानीय सरोकारवाला ब्यक्तिहरु सहभागि भएका थिए।

प्रतिक्रिया दिनुहोस