भुम्लुमा निःशुल्क आँखा शिविर, १ हजार २६२ जना लाभान्वित

नौलो समाचार संवाददाता
२०७९ चैत्र १, बुधबार मा प्रकाशित ९७० पटक पढिएको

भुम्लुमा निःशुल्क आँखा शिविर, १ हजार २६२ जना लाभान्वित

चैत्र १, काभ्रे। भुम्लु गाउपालिकाको सबै वडामा जारी निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ।

फागुन २३ गतेदेखि सुरु भएको आँखा शिबिरबाट १ हजार २ सय ६२ जनाले आँखा जाँच गराएका थिए।

आँखा शिबिरमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया गरिएको थियो।

आँखा जाँच गराएका मध्ये अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ नि:शुल्क औषधी बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले जानकारी दिनुभयो।

शिविरले आर्थिक अभावका कारण तथा अस्पतालसम्म उपचार गर्न आउन कठिनाइ भएका पालिकाका नागरिकहरू लाभान्वित भएका थिए।

मोतियाबिन्दु भएका बिरामीहरुको भने भुम्लु आधारभुत अस्पतालमा नि:शुल्क अप्रेशनको गरिएको हो।

आँखा शिविरमा कीर्तिपुर आँखा अस्पतालको डा. शुधा राणाभाटको टिमले आँखा जाँच गर्नु सथै (मोतिबिन्दु) शल्यक्रिया गरेको थियो।

गाउँपालिकाबासीलाई स्थानिय स्तरमा नै सेवा उपलब्ध गराउने उद्धेश्यले निशुल्क आँखा शिबिरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रमुख प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो।

उपाध्यक्ष जितेन्द्रमान तामाङले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै नि:शुल्क अप्रेसन सहितको आँखा शिबिरको आयोजना गरिएको बताउनुभयो।

लायन्स क्लब अफ काठमाडौं कञ्चनजंगा आयोजना, कीर्तिपुर आँखा अस्पतालको प्रविधिक सहयोग र भुम्लु गाउँपालिकाको सहकार्यमा शिबिर सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस