दूधको उपभोक्ता मूल्य बढ्यो, डीडीसीले लिटरमै १६ रुपैयाँसम्म बढायो

नौलो समाचार संवाददाता
२०७९ चैत्र १, बुधबार मा प्रकाशित १०४१ पटक पढिएको

दूधको उपभोक्ता मूल्य बढ्यो, डीडीसीले लिटरमै १६ रुपैयाँसम्म बढायो

चैत्र १, काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ।

डीडीसीका महाप्रवन्धक सन्जिव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिनुभयो। बुधबारदेखि नै किसानले बढेको मूल्य पाएको हुनाले त्यहीं मूल्य बिहीबारदेखि हामीले उपभोक्ताबाट लिने उहाँले बताउनुभयो।

अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ। हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ।

त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। अब गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ।

स्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ। अब हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ। चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ।


प्रतिक्रिया दिनुहोस