बनेपा नगरबासीलाई तालिमसँगै ‘कम्पोष्ट मल विन’ वितरण

नौलो समाचार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार मा प्रकाशित ११७७ पटक पढिएको

बनेपा नगरबासीलाई तालिमसँगै ‘कम्पोष्ट मल विन’ वितरण

चैत ३, काभ्रे। बनेपा नगरपालीकाले सहरी वडाहरुमा कम्पोष्ट मल बनाउने विन वितरण सुरु गरेको छ।

बनेपा वडा नं ७ मा आज (शुक्रबार) नगरपालिका र उपभोक्ताको ५०/५०  प्रतिशत लागत सहभागितामा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भएको छ।

बनेपा नगरपालिकाको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहोर वर्गिकरण गरेर कुहिने फोहरलाई मल बनाउनुपर्नेमा जोड दिनुभयो।

अन्य फोहर जस्तै प्लास्टिक, कागज, धातु र अन्य सामान विक्री पनि गर्न सकिने भएकोले कौसी खेतीसंगै मल बनाउने तालिम दिएर आज कम्पोष्ट विन वितरण गरेको नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनुभयो।

कम्पोष्ट विनको अर्को फाइदा अर्गानिक तरकारी सहर बासीले खान पाउने पनि रहेको प्रमुख शाक्यको भनाई छ।

थप कम्पोष्ट विनको लागि नगरले बजेट छुट्टाइ सकेको र एक घर एक कम्पोष्ट विनको लक्ष्य नगरले लिएको शाक्यले बताउनुभयो।

उप-प्रमुखले विमला सापकोटा र वडा अध्यक्ष हिटलर शाक्यले भने तालिममा सहभागी भएर सिकेको सीप साच्चिकै व्यह्वारमा उतार्न सके नगरपालिकाको उद्देश्य पूरा हुने र यस्तै सहभागीता मुलक कार्यक्रम आयोजना गर्न प्रेरणा मिल्ने भनाई राख्नुभयो।


प्रतिक्रिया दिनुहोस